Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसीजी एयर कुलरहरु बजारमा

सीजी एयर कुलरहरु बजारमा


काठमाडौं । 
गर्मी यामलाई मध्यनजर गर्दै सी.जी.ले विभिन्न एयर कुलरहरु बजारमा ल्याएको छ । कम्पनीले चार प्रकारमा विभिन्न साइजमा एयर कुलरहरु ल्याएको हो । जस अन्तर्गत डेर्जट कुलर, टावर कुलर, पर्सनल कुलर र विन्डो कुलर रहेका छन् । यी कुलरहरुलाई अझै सहज रुपमा चलाउन यसमा रिमोटको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी कुलरहरुमा रहेको कन्सिल कपर मोटरले मोटरलाई पाताले पुरै छोपेर राखिएको हुन्छ, जसकारण पानीको चुहावट भएमा पनि केही हानी गर्दैन । अब यी कुलरहरु बत्ति नभएको बेलामा पनि इन्भर्टरको सहायताले सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै यसमा आल्मुनियम ब्लेड, हनिकम प्याड, कार्बन फिल्टर, भिटामीन सि फिल्टर, डस्ट फिल्टर नेट आदी जस्ता विशेषताहरु रहेका छन् । यसमा पावरफुल मोटरको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यी एयर कुलरहरुले हावालाई विभिन्न तरिकाले छरिएर चिसो बनाई आनन्दको महसुस गराउँदछ । कम्पनीले यी कुलरहरुमा १२ महिनाको वारेन्टी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया