विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन प्राधिकरणको निर्देशन
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्राधिकरणले अनुमति प्राप्त सबै सेवा प्रदायक कम्पनीलाई कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा प्रवाहलाई निरन्तरता दिन बुधबार नौ बुँदे निर्देशन दिएको हो ।
प्राधिकरणले दोस्रो चरणको कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाउँदै सेवाग्राहीको आवतजावत कम गर्न सकेसम्म महसुल भुक्तानीलगायतका सेवा यथासम्भव विद्युतीय माध्यमबाट व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
प्राधिकरणमा कार्यरत आठ कर्मचारीको दोस्रो चरणको कोरोना सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणको सबै काम अनलाइनमार्फत सञ्चालन भएपछि सेवाप्रदायक कम्पनीलाई समेत सकेसम्म वर्क फर्म होम (घरबाट नै काम) को व्यवस्था मिलाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार प्राधिकरणले सेवाप्रदायक कम्पनीलाई नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाह गर्न, प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्नसमेत निर्देशन दिईएको छ ।
यस्तैगरी कर्मचारीलाई समूहमा विभाजन गरी समूह÷समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य गर्ने वातावरण मिलाउन, सङ्क्रमण देखिएका कर्मचारीको कोरोना परीक्षण गर्न तथा कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाउन, कोभिड–१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि व्यवस्थापन समूह गठन गरी सक्रिय बनाउन तथा प्राधिकरणबाट यसअघि जारी गरिएका निर्देशनको समेत परिपालना गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया