Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसगरमाथा सफाई अभियानलाई खुकुरी थ्री एक्स रमको सहयोग

सगरमाथा सफाई अभियानलाई खुकुरी थ्री एक्स रमको सहयोग


काठमाडौं ।
खुकुरी रमका उत्पादक द नेपाल डिस्टिलरी प्रा.लि.ले सगरमाथा सफाई अभियानलाई सहयोग गर्ने भएको छ । नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको स्वच्छ हिमालय कार्यक्रम २०२१ मा कम्पनीले आफ्नो साझेदारीको उद्घोष गरेको हो ।

खुकुरी रमले नेपाली सेनालाई यस अभियानमा सघाउने बताएको हो । यो कार्यक्रमले ल्होत्से, मकालु, धवलागिरी, पुमोरि, अमादब्लम र सबैभन्दा महत्वपूर्ण विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरहरु र त्यसको सेरोफेरोको सरसफाई गर्ने लक्ष्य राखेको छ । खुकुरी रमले नेपालका पवित्र हिमालयहरूको संरक्षणको लागि सार्थक भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

११ अप्रिल २०२१ बाट थालनी हुने अभियान जुन ५ अर्थात विश्व वातावरण दिवसको दिनसम्म कायम रहने पनि कम्पनीले जनाएको छ । ६ वटा हिमालयहरूमा फ्याँकिएका करिब ७० हजार केजी तौल बराबरका उपयोग विहीन उपकरणहरु, खाद्यान्न सामग्रीका भाँडाहरू, पालहरु, तथा क्यानहरुका फोहोरहरु संकलन गर्ने र त्यसलाई काठमाडौंमा पु-याउने लक्ष्य अभियानको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया