Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘टीभीएस वा, वाह्, वाह’ योजनाको पहिलो बिजेता घोषणा

‘टीभीएस वा, वाह्, वाह’ योजनाको पहिलो बिजेता घोषणा


काठमाडौं ।
टीभीएस टू–ह्वीलर्सको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस वा, वाह्, वाह’ योजनाको पहिलो विजेता घाोषणा गरेको छ । कम्पनीको यस योजना अन्तर्गत बर्दियाका बालचन्द थारु टीभीएस अपाचे आरआर ३१० को पहिलो बिजेता बन्न सफल भएका छन् ।

विजेताले टीभीएस आरटीआर अपाचे १६० २ भी खरिद गरेका थिए । टीभीएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत ग्राहकले टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गरेर यो योजनामा सहभागी बन्न सक्ने छन् । यो योजना अन्तर्गत हरेक १५ दिनमा टीभीएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्वारा बिजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत टीभीएसएसको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा १० हजारसम्मको पक्का डिस्काउन्ट र शुन्य प्रतिशत ब्याजदरको व्यवस्था भएको ‘वा’ अफर रहेको छ । साथै योजनालाई ‘वा’ बाट ‘वाह’ बनाउन योजनाको समय अवधीमा टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये १ जनालाई हरेक १५ दिनमा एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० प्रदान गर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया