Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसानो पाइलाद्वारा नारायणी अस्पताललाई भेन्टिलेटरसहित मेडिकल उपकरण सहयोग

सानो पाइलाद्वारा नारायणी अस्पताललाई भेन्टिलेटरसहित मेडिकल उपकरण सहयोग


काठमाडौं ।
सानो पाइलाले, वीरगञ्जस्थित नारायणी अस्पताललाई थप तीन थान हाईफ्लो नेजल क्यानुला नन इन्भेसिभ भेन्टिलेटर हस्तान्तरण गरेको छ । श्वासप्रश्वासको समस्या भएका बिरामीहरुलाई यस प्रकारको भेन्टिलेटरले उच्च गतिमा अक्सिजन प्रदान गर्न टेवा पु-याउँछ ।

सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामूलक कम्पनी)सँगको सहकार्यमा नारायणी अस्पताललाई अवस्था सामान्य नहुँदासम्मका लागि भेन्टिलेटरहरुको व्यवस्था गरेको हो । नारायणी अस्पताललाई हस्तान्तरण गरिएका भेन्टिलेटरहरुमा जडान हुने एल्बो किट, न्याजल क्यानुला, वाटर चैम्बर र प्याटेन्ट सर्किटलगायतका चार सेट मेडिकल उपकरण एनपीएल समाज कल्याण संस्था वीरगञ्जसँगको समन्वयमा प्राप्त भएको सानो पाइलाले जनाएको छ । साथै राष्ट्रिय आविष्कार केन्द्रबाट प्राप्त भएका अक्सिजन स्पिल्टिर पाँच सेट पनि नारायणी अस्पताललाई हस्तान्तरण गरिएको छ ।

यस उपकरणको सहायताले एउटै अक्सिजन सिलिन्डरबाट दुई जना बिरामीलाई अक्सिजन सपोर्ट दिन सकिनेछ । आईतबार एक कार्यक्रमका बीच सानो पाइलाका तर्फबाट प्रमुख लेखापाल दिपेश सर्राफले भेन्टिलेटरसहितका सम्पूर्ण मेडिकल उपकरणहरु नारायणी अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. एनामुल हकलाई हस्तान्तरण गरेका हुन् । यससँगै नारायणी अस्पतालमा भेन्टिलेटरहरुको संख्या २१ पुगेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

यसअघि सानो पाइलाले वैशाख १४ गते नारायणी अस्पताललाई छ थान वि–पाप भेन्टिलेटर उपलब्ध गराएको थियो । कोरोनाभाइरस संक्रमणको दोस्रो लहरका कारण संक्रमितहरुको संख्या उकालो लाग्ने क्रम रोकिएको छैन । हाल संक्रमण पुष्टि भइरहेका अधिकांश बिरामीहरुमा श्वासप्रश्वासको समस्या देखिएको र तत्काल भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । भेन्टिलेटरको अभावमा कतिपय बिरामीहरुको अकालमै मृत्यु भइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया