Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको भीओएलटीई सेवा सुरु

टेलिकमको भीओएलटीई सेवा सुरु


काठमाडौं ।
नेपाल टेलिकमले ग्राहकको मागअनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधिअन्तर्गत भीओएलटीई (भ्वाइस ओभर लङ टर्म इभोलुसन) सेवा सञ्चालनमा ल्याएको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा कम्पनीले सोमबारदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा उक्त सेवाको परीक्षण सुरु गरेको हो । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने कम्पनीले जनाएको छ । मागबमोजिम उपलब्ध हुने यो सेवाका लागि टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट स्टार४४४ह्याक्स डायल गरी प्राप्त निर्देशनहरुको अनुसरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्नुपर्दछ ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटीई कल फर एनटीसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखापर्दछ । भीओएलटीईको संकेत देखापरेपछि स्टार१११ह्याक्स डायल गर्नुपर्दछ । टेलिकमले यो सेवाको प्रयोगकर्तालाई टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउनेछ ।

आफ्नो मोबाइल सेटले भीओएलटीई सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवासम्बन्धी अन्य जानकारी प्राप्त गर्न कम्पनीको वेबसाइट एनटीसी डट नेट डट एनप/पोष्ट/भीओएलटीर्ई लिंक प्रयोग गर्न सकिन्छ । यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा सपोर्ट डट भीओएलटीई एट एनटीसी डट नेट डट एनपीमा इमेल पठाउन पनि सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया