Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएड्भान्स्ड कलेजद्वारा जर्मन दूतावास र गोथे जेन्ट्रमसँगको सहकार्यमा अन्तर्सञ्जाल सम्मेलन

एड्भान्स्ड कलेजद्वारा जर्मन दूतावास र गोथे जेन्ट्रमसँगको सहकार्यमा अन्तर्सञ्जाल सम्मेलन


काठमाडौं ।
एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले जर्मन दूतावास तथा गोथे जेन्ट्रम काठमाडौँसँगको सहकार्यमा अन्तर्सञ्जाल सम्मेलन सम्पन्न गरेको छ । नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफर उक्त सम्मेलनका प्रमुख आकर्षण थिए ।

गोथे जेन्ट्रम काठमाडौँका निर्देशक विज्ञ सेबस्टेन वैस्टेक, भाषा विभागका विभागीय प्रमुख बेन्जामिन म्याट्रेन तथा परीक्षा विभागका विभागीय प्रमुख विनम कर्माचार्यले सम्मेलनको सञ्चालनमा महत्त्वपूर्ण योगदान पु-याएका थिए । उक्त अन्तर्क्रियात्मक सम्मेलनको सहजीकरण इन्जिनियर सोजन प्रजापतीले गरेका थिए । नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफरले एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट परिवारप्रति कृतज्ञता व्यक्त गर्दै कोभिड महामारीको दोस्रो लहरले नेपालमा पारिरहेको असरबारे चासो व्यक्त गरे ।

राजदूत स्याफरले यस्ता सफ्टका समयमा जर्मनी तथा युरोपेली संघले नेपाललाई सहयोग गरिरहने बताए । गोथे जेन्ट्रम काठमाडौँका निर्देशक सेबस्टेन वैस्टेकले संस्थाको नाम गोथे रहनुका पछाडिको छोटो इतिहास प्रस्तुत गर्दै यसले राष्ट्रको विविधतापूर्ण संस्कृति र कलालाई कसरी प्रतिविम्बन गर्छ भन्ने विषयमा चर्चा गरे ।

गोथे जेन्ट्रम काठमाडौँका भाषा विभागका विभागीय प्रमुख बेन्जामिन म्याट्रेन तथा संस्थाका परीक्षा विभागका विभागीय प्रमुख विनम कर्माचार्यले संयुक्त रूपमा जर्मनीको संस्कृति, इतिहास, ऐतिहासिक स्थल, उत्कृष्ट चाडपर्व, पृथक् सभ्यता तथा त्यहाँको समृद्ध भाषाका बारेमा कलात्मक प्रस्तुति दिएका थिए ।

एड्भान्स्ड कलेज आफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार सिलवालले संस्थालाई राजदूत स्याफरद्वारा प्रदान गरिएको मूल्यवान् समयको सह्राहना गरे । आफ्नो जर्मनीको यात्रा अनुभवबारे सङ्क्षिप्त चर्चा गर्दै सिलवालले जर्मन भाषाको महत्त्वबारे पनि उल्लेख गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया