Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिम्बसले प्रो–टेक्टको मास्क र सेनिटाइजर सहयोग गर्ने

निम्बसले प्रो–टेक्टको मास्क र सेनिटाइजर सहयोग गर्ने


काठमाडौं ।
कोभिड–१९ को महामारीविरुद्ध लडिरहेको समयमा अत्यावश्यक ठाउँमा निम्बसले प्रो–टेक्टको मास्क र सेनिटाइजर सहयोगस्वरुप उपलब्ध गराउने भएको छ ।

कम्पनीले अस्पताल, क्वारेन्टाइन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर मास्क र सेनिटाइजर बाँड्ने तयारी गरेको हो । यी मास्क र सेनिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा निम्बसबजार डट कममार्फत सम्बन्धित स्थानमा पु-याउने जनाएको छ ।

निम्बसले शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अप्ठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा सञ्चालित संगठन, हार्टविटलाई मास्क वितरण गरिसकेको छ । निम्बसका प्रबन्धनिर्देशक, आनन्द बगरियाले विश्वले भोगिहेको यो कठिन चुनौतीलाई हराउन सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुने बताए । प्रो–टेक्ट निम्बसको स्वास्थ र सरसफाई ब्राण्ड हो, जसले उच्च गुणस्तरको एन्टी–माइक्रोवियल केएन९५ मास्क, थ्रीप्ले मास्क र विश्व स्वास्थ संगठनको मापदण्डअनुसारको ७६ प्रतिशत इथानोल रहेको स्यानिटाइजर उत्पादन गर्दछ ।

कम्पनीका अनुसार आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले प्रो–टेक्ट मास्क र स्यानिटाइजरका लागि निवेदन दिनका लागि निम्बसबजार डट कममा गएर डोनेट प्रो–टेक्ट बटन थिच्नुपर्नेछ अथवा ९७७–९८२८०९१६९१ मा सम्पर्क गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया