Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योग वाणिज्य संघको निःशुल्क कोभिड एम्बुलेन्स

उद्योग वाणिज्य संघको निःशुल्क कोभिड एम्बुलेन्स


खलङ्गा ।
उद्योग वाणिज्य संघ जुम्लाले कोरोना संक्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । गत वैशाख २६ गते बसेको बैठकले संक्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गरेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जब अलिमनियारले बताए ।

उनले भने, ‘निजी गाडी मासिक भाडा तिर्ने गरी कोभिड एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएका छौँ । पहिलो चरणमा एक महिनाको लागि सञ्चालनमा ल्याएका छौँ ।’ संक्रमणको अवधि बढ्दै गएको खण्डमा अर्को व्यवस्था गरिने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष अलिमनियारले बताए । कोभिड एम्बुलेन्सको व्यवस्था गरेको विषयमा संघले कोभिड–१९ सफ्ट व्यवस्थापन केन्द्रलाई पनि जानकारी गराइएको उनले बताए । उनले भने, ‘कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ ।

संघको हलमा आइसोलेसन बनाउने निर्णय पनि भएको छ ।’ आइसोेलेसन कक्ष सञ्चालनका लागि कोभिड–१९ सफ्ट व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र चन्दननाथ नगरपालिकालाई आग्रहसमेत गरिएको उद्योग वाणिज्य संघ जुम्लाले जनाएको छ । देशमा दोस्रो लहरको कोरोना महामारीको समयमा सबैले सामूहिक भावनाका रुपमा काम गरे कोभिड– १९ को सामना गर्ने सकिने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष मनियारले बताए ।

एम्बुलेन्स सेवा लिनका लागि सम्पर्क व्यक्ति र नम्बरसमेत तोकिएको छ । उद्योग वाणिज्य संघको ल्यान्डलाइन नं ०८७ : ५२००३८ मा फोन गर्न सकिनेछ । यसैगरी, ९८४८३०५५७९, ९८५८३२०२५२, ९८५८३२२३३१, ९८५८३२०१३३, ९८४८३००४६३ फोन नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ । सम्पर्क व्यक्तिका रुपमा उद्योग वाणिज्य संघको कर्मचारी पारस उपाध्यायलाई उद्योग वाणिज्य संघ जुम्लाले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया