Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलाइसेन्सरका रुपमा ओप्पोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेश

लाइसेन्सरका रुपमा ओप्पोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेश


काठमाडौँ ।स्मार्ट डिभाइस ब्राण्ड ओप्पोले लाइसेन्सरका रुपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा प्रवेशको घोषणा गरेको छ । यससँगै ओप्पोको एचईभीसी÷एच.२६५ स्ट्याण्डर्ड एसेन्सियल प्याटेन्टहरु एचईभीसी एडभान्स्ड प्याटेन्ट पोर्टफोलियो लाइसेन्समा सम्मिलित भएको छ । जसको गणना वल्र्ड—वाइड प्याटेन्टअनुसार १३ हजार सात सयभन्दा बढी हुनुका साथै थपिने क्रममा छ ।

‘हामी एचईभीसीको एडभान्स प्याटेन्ट पुलमा लाइसेन्सरका रुपमा सम्मिलित हुन पाउँदा निकै हर्षित छौँ । यसले भिडियो प्रोसेसिङको क्षेत्रमा ओप्पोको प्याटेन्ट एक्युमुलेसन उपलब्धिको प्रतिनिधित्व पनि गरेको छ’, ओप्पोको इन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने, ‘हामीले जस्तै लाइसेन्सी र लाइसेन्सरका चाहनाबीच तालमेल मिलाउँदै एचईभीसी तथा भविष्यका भिडियो प्रोसेसिङ प्रविधिका लागि स्वस्थ इकोलोजिकल वातावरण निर्माण गर्ने उद्देश्यका साथ अघि बढी रहेको लाइसेन्सिङ प्ल्याटफर्म एक्सेस एडभान्ससँग सहकार्यका लागि उत्साहित छौँ ।’

‘हामी एचईभीसी एडभान्स प्याटेन्ट पुलमा ओप्पोलाई स्वागत गर्छौँ । लाइसेन्सीका रुपमा मात्र नभई लाइसेन्सरका रुपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा ओप्पोको प्रवेशले हामी निकै उत्साहित पनि छौँ । ओप्पोको सहयोग बृहत् बजारमा प्याटेन्ट लागू गर्ने तथा प्याटेन्टका मालिकद्वारा एचईभीसी कार्यक्रमको स्वीकारोक्तिको एक सटिक प्रमाण पनि हो’, एक्सेस एडभान्सका प्रमुख कार्यकारी अधिकृत पिटर मोलरले भने, ‘हामी ओप्पोका बहुमूल्य विशेषज्ञता र दृष्टिकोण, उद्योगकै अग्रणी प्याटेन्ट पुलमार्फत उपलब्ध गराउने हाम्रो पहलमा सम्मिलित गराउन निकै उत्साहित छौँ । यसले सरोकारवालाका आवश्यकताको सटिकरुपमा पूर्ति गर्नुका साथै एचईभीसी तथा भीभीसी (निकट भविष्यमा) जस्ता नेक्स्ट जेनेरेसन प्रविधिहरुको अपनत्वमा तीव्रता प्रदान गर्नुका साथै उपभोक्तालाई बृहत् फाइदा प्रदान गर्नेछ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया