Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिद्धि सिद्धि सिमेन्टद्वारा शैक्षिक सामग्री हस्तान्तरण

रिद्धि सिद्धि सिमेन्टद्वारा शैक्षिक सामग्री हस्तान्तरण


मकवानपुर । रिद्धि सिद्धि सिमेन्टले मकवानपुरको मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले गत शुक्रबार एक कार्यक्रमको आयोजना गरी मनहरी – ८, सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्युटर, प्रिन्ट, प्रोजेक्टरसहित शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुण बहादुर खनालले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाकै विकट क्षेत्रका आर्थिक रुपमा विपन्न विद्यार्थीहरुले लाभान्वित हुने गरी शैक्षिक सामग्रीहरु वितरण गरेको बताए । कार्यक्रममा क्याम्पसका अध्यक्ष तथा पूर्वसांसद ओम बहादुर घलानले कम्पनीको सहयोगप्रति धन्यवाद दिँदै उद्योग सञ्चालन र विकासका लागि सो भेगका जनताले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । आगामी दिनमा पनि कम्पनीले यस्तै सामाजिक कार्यक्रम गर्दै जाने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बागमती प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया