Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसबैभन्दा बढी कर तिर्ने आईएमई रेमिट्यान्स सम्मानित

सबैभन्दा बढी कर तिर्ने आईएमई रेमिट्यान्स सम्मानित


काठमाडौं । समग्र रेमिटेन्स कम्पनीहरूमध्ये आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीकोरूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौंमा आन्तरिक राजस्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा प्रकाशशरण महतबाट आईएमई ग्रुपका प्रबन्ध निर्देशक र आईएमईका संस्थापक तथा सञ्चालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् ।

आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिट्यान्सतर्फ आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो । सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आईएमईलाई बैकिङ सञ्जालमार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मानस्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आईएमई सम्मानित हुँदै आएको छ । साधारण सेयर निष्काशन गर्ने तयारी गरिरहेको आईएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा यसभन्दा अघि पनि पटकपटक सम्मानित हुँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया