Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र हेरिटेज फ्लोरिङ कार्पेटबीच सम्झौता

सिटिजन्स बैंक र हेरिटेज फ्लोरिङ कार्पेटबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीबीच सम्झौता भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले हाल एक सय ८८ वटा शाखा, एक सय ४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १६ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया