Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल फाइनान्सको नाफामा उच्च गिरावट

नेपाल फाइनान्सको नाफामा उच्च गिरावट


काठमाडौं । नेपाल फाइनान्सको तेस्रो त्रैमासिक नाफामा उच्च अंकले गिरावट आएको छ । फाइनान्सले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार फाईनान्सले चालु आवको चैत्र मसान्तसम्ममा १३ लाख १८ हजार सात सय ११ रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै ९० लाख रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा एक करोड तीन लाख ३४ हजार सात सय ५४ रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ७२ करोड ९४ लाख ९६ हजार सात सय ४७ रुपैंयाँ रहेको फाइनान्सले चालु आवको तेस्रो त्रैमासमा कुल दुई अर्ब २४ करोड ४८ लाख १५ हजार नौं सय ८२ रुपैंयाँ निक्षेप संकलन गरी एक अर्ब ७३ करोड ६७ लाख ३८ हजार आठ सय ३२ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा सात करोड ५९ लाख ५३ हजार नौं सय १४ रुपैंयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा नौं दशमलव २४ प्रतिशत निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २२ करोड १० लाख दुई हजार दुई सय २४ रुपैैंयाँ ऋणात्मक रहेको फाईनान्सको स्प्रेड दर भने चार दशमलव ५८ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ८० करोड ६१ लाख सात हजार छ सय ४० रुपैंयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ३३ लाख ८८ हजार १५ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ७० लाख ४८ हजार नौं सय ९३ रुपैंयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा १३ दशमलव १६ प्रतिशत कर्जा खराब रहेको थियो भने स्प्रेड दर चार दशमलव ७८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया