Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकले कमायो ५३ करोड ९३ लाख

गरिमा विकास बैंकले कमायो ५३ करोड ९३ लाख


काठमाडौं, भदौ ९
गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ५३ करोड ९३ लाख छ हजार पाँच सय रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५९ करोड ४४ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ४२ अर्ब ४३ करोड ३० लाख २२ हजार दुुई सय २३ रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९४ करोड ९३ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ६२ करोड ३३ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा वितरणयोग्य नाफा ३४ करोड २४ लाख १९ हजार रुपैयाँ रहेको बैकको स्प्रेड दर भने चार दशमलव ९५ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैकले २९ अर्ब ७६ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब २१ करोड नौ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ४० करोड १९ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्पे्रड दर चार दशमलव ८१ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया