Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना खोप कार्यक्रमविरुद्ध गलत सूचना दिनेमाथि प्रतिबन्ध लगाउन सामाजिक सञ्जालमाथि दबाब

कोरोना खोप कार्यक्रमविरुद्ध गलत सूचना दिनेमाथि प्रतिबन्ध लगाउन सामाजिक सञ्जालमाथि दबाब


अमेरिका ।
फेसबुक, ट्विटर र गुगलमाथि संसारमा जारी कोरोना खोप कार्यक्रमविरुद्ध गलत सूचना फैलाउनेलाई हटाउन दबाब सिर्जना भएको छ । अमेरिकी सांसदहरुले यस्ता व्यक्तिलाई हटाउन सामाजिक सञ्जाल कम्पनीमाथि दबाब दिएका हुन् ।

सांसद माइक डोलले अमेरिकी संसदीय सत्रमा बोल्दै झूटा सूचना फैलाउनेको एकाउन्ट खारेज गर्न आग्रह गरेका हुन् । उनले फेसबुकका प्रमुख मार्क जुकरबर्ग, ट्विटरका प्रमुख ज्याक डोर्से र गुगलका सुन्दर पिचाईलाई दर्जन बढी झूटा सूचना दिनेलाई हटाउन भनेका हुन् । तर यी कम्पनीले अहिले केही कदम चालिसकेका छैनन् ।

फेसबुकले त्यस्ता व्यक्तिलाई निगरानीमा राखेर समीक्षा गरिरहेको जनाएको छ । ट्विटर र गुगलले यसबारे केही नबताएको बीबीसीले जनाएको छ । द सेन्टर फर काउन्टरिङ डिजिटल हेट (सीसीडीएच) ले आठ लाख १२ हजारभन्दा बढी ट्विटर र फेसबुकका खोपसम्बन्धी पोस्टको विश्लेषण गरेको थियो ।

उक्त विश्लेषणमा तीमध्ये ६५ प्रतिशत खोपविरुद्धका पोस्ट फेला परेको थियो । यस्ता गलत सूचना प्रवाह गर्नेलाई फेसबुक, युट्युब, इन्स्टाग्राम र ट्विटरमा पाँच करोड ९० लाखभन्दा बढीले फलो गरेको उक्त अध्ययनले देखाएको छ । यस्तो सूचना फैलाउने दर्जन बढी छन् ।

तीमध्ये तीन जनामात्र कम्तीमा एउटा सामाजिक सञ्जालबाट ‘रिमुभ’ भएका अर्थात् हटाइएका छन् । तर बाँकी अझै धेरै रहेका छन् । तीमध्ये अमेरिकी पूर्वराष्ट्रपतिकै छोरा रोबर्ट एफ केनेडी समेत खोपविरुद्ध रहेका छन् । अमेरिकाका १२ राज्यका महान्यायाधिवक्ताले जुकरबर्ग र डोर्सेलाई पत्र नै लेखी त्यस्ता व्यक्तिलाई हटाउन आग्रह नै गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट