हतियार बिक्री बढाउन कोरियाली राष्ट्रपति युएई भ्रमणमा
दुबई । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सैन्य हतियार बिक्रीलाई विस्तार गर्ने उद्देश्यका साथ संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा आइतबार यहाँ आइपुग्दा उनको भव्य स्वागत भएको छ ।
एपीका अनुसार भ्रमणबाट भ्रातृराष्ट्र यूएईसँग आणविक ऊर्जा, ऊर्जा, लगानी र रक्षाजस्ता चार प्रमुख क्षेत्रमा रणनीतिक सहयोगलाई बलियो बनाउन योगदान पुग्ने कोरिया सरकारका राष्ट्रिय सुरक्षा निर्देशक किम सुङ–हानले बताएका छन् । समाचार समिति योनहापले पनि राष्ट्रपति कार्यालयका एक जना अज्ञात अधिकारीलाई उद्धृत गर्दै हतियार सम्झौताको योजना राष्ट्रपतिको भ्रमणको कार्यसूचीमा रहेको जनाएको छ ।
दक्षिण कोरिया र युएईबीच अरबौं डलरको व्यापार हुँदै आएको छ भने अन्य द्विपक्षीय सम्झौताअन्तर्गत युएईको प्रतिरक्षा, विशेष सैन्यबल स्थापना तथा सञ्चालन हुँदै आएको छ । द्विदेशीय यो सहकार्यको विगतमा आलोचना भए पनि छिमेकी इरानसँगको तनावका कारण कोरियासँगको सैन्य सम्बन्धलाई दोब्बर बनाउन युएईले चाहेको छ ।
मध्यपूर्वको भूराजनीतिक परिदृश्यमा द्रुत गतिमा भएका परिवर्तनले कोरिया र युएईबीच केही रणनीतिक साझेदारी भएमा त्यो नौलो नहुने अन्तर्राष्ट्रिय रणनीति फोरमका जुन पार्क बताउँछन् । दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन मात्र नभई आफ्नो ऊर्जा आवश्यकता निरन्तर बढिरहेकाले दक्षिण कोरियाले कच्चा तेलको आपूर्ति बढाउन युएईसँग विशेष अनुरोध गर्ने उनको अपेक्षा छ । सोलले पनि व्यापार अर्बौँ डलरका मोटर कारलगायत सामग्री यूएईलाई बेच्दै आएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया