Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखाको भीमेश्वर नगरपालिकामा बेवारिसे लास फेला

दोलखाको भीमेश्वर नगरपालिकामा बेवारिसे लास फेला


सुवास बस्नेत
दोलखा, जेठ १५
भीमेश्वर नगरपालिकाको एक निजी जंगलको बीचमा एक युवाको बेवारिसे लाश प्रहरीले बरामद गरेको छ । स्थानीयको जानकारीका आधारमा मंगलबार दिउँसो करिब ४ बजे भीमेश्वर नगरपालिका–७, उखुबारी ठूलोचौरस्थित नुनबहादुर कार्कीको निजी जंगलबाट प्रहरीले बेवारिसे लाश बरामद गरेको हो । नाम, थर नखुलेका करिब ३४ वर्षको जस्तो देखिने पुरुषको उत्तिसको रुखामा नाइलनको डोरीको पासो लगाई झुण्डी नाइलनको डोरी चुँडिएर रुखमुनि उत्तानो परेको अवस्थामा बेवारिसे लाश भेटिएको दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

बेवारिसे लाश बरामद गरेको २४ घण्टा बितिसक्दा समेत सनाखत हुन नसकेपछि प्रहरीले सार्वजनिक सूचना जारी गरेर पहिचानको लागि हुलिया सार्वजनिक गरेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए । उक्त व्यक्तिलाई चिन्ने जो–कोहीले पनि प्रहरीलाई जानकारी दिन सक्ने सूचनामा भनिएको छ । प्रहरीकाअनुसार गहुँगोरो वर्णको, दाह्रीजुँगा पालेको, उचाइ करिब ५ फिट ३ इन्च, अगाडिको कपाल खैरो तथा पछाडिको कपाल रातो र कालो, निलोसँग कालो मिसिएको हुक, भित्र कालो टिसर्ट, खरानी रंगको पाइन्ट र टाइटेक्स पर्पल रंगको चप्पल लगाएको हुलिया सार्वजनिक गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया