ट्राफिक उज्यालो अभियान छ हजारलाई सचेतना कक्षा
काठमाडौं, पुस ८
‘समुदाय प्रहरी साझेदारीअन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक र सहचालक, स्कुल र कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत छ हजार जनालाई सचेतना प्रदान गरेको छ ।
एक हप्तामा मात्रै सार्वजनिक भाडाका सवारी चालक र सहचालक सात सय तीन जना, ट्याक्सी चालक ७० जना, मोटरसाइकल चालक एक हजार छ जना, सिंहदरबारस्थित विभिन्न मन्त्रालयका सरकारी चालक छ सय १२, नेपाली सेनाका चालकहरू ५७, पैदलयात्री २६ सय ३५ र विद्यार्थी आठ सय एक गरी जम्मा पाँच हजार आठ सय ८४ जनालाई ट्राफिक नियम र सडक अनुशासनबारे छर्लङ्गै हुनेगरी प्रशिक्षित तुल्याएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनले भने ‘हामीले’ कोर्ष’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरेका छौँ ।
‘यो अभियानअन्तर्गत दैनिकरूपमा महाशाखा र मातहतका ४० इकाइबाट ट्राफिक नियमसम्बन्धी पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना दिएको, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कुल र कलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा लिने गरिएको छ ।
ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पु-याउने, सडक अनुशासनको विषयलाई संस्कारका रूपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले यो अभियान सुरु गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
साथै उक्त अभियान सञ्चालनका लागि दैनिक प्रहरी अधिकृतसहित एक सय ३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन छन् भने यस अभियान पुस एक गतेबाट सुरू भएको र फागुन मसान्तसम्म सञ्चालन हुने र अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिइने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया