Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहेण्ड स्यानिटाइजरमा विषाक्त मेथानोल, पाँचवटा कम्पनीलाई कारबाही

हेण्ड स्यानिटाइजरमा विषाक्त मेथानोल, पाँचवटा कम्पनीलाई कारबाही


काठमाडौं, भदौ २८
कोरोना भाइरस रोकथामका लागि प्रयोग हुँदै आएको हेण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन पाइएको छ । बजारमा पाइने हेण्ड स्यानिटाइजरको प्रयोगशाला परीक्षण गर्दा पाँचवटा कम्पनीको स्यानिटाइजरमा मेथानोल नामक विषाक्त रसायन पाइएको औषधि व्यवस्था विभाग (डीडीए)ले जनाएको छ । बजारमा उपलब्ध स्यानिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त विषाक्त रसायन मेथानोल पाइएको डीडीएले शुक्रबार एक सूचना प्रकाशन गर्दै जनाएको छ ।

डीडीएका अनुसार नेपाल कायाकल्प उद्योग, भक्तपुरको इन्टेन्ट हेण्ड स्यानिटाइजर, हाइजिन सोप एण्ड केमिकलको इन्टेन्ट हेन्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फुट इन्डष्ट्रीको एडभान्सड हेण्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्ट्सको इन्टेन्ट हेन्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमूखी हर्बल प्रोडक्ट्सको सूर्यमुखी हेण्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

मेथानोलले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर गर्ने भएकोले उक्त हेण्ड स्यानिटाइजर प्रयोग नगर्न तथा बिक्रीवितरणमा पनि रोक लगाउन डीडीएले आग्रह गरेको छ । उक्त कम्पनीहरुको हेण्ड सेनिटाइजरहरुको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड इन्टेन्ट हेन्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ विपरित विषाक्त रसायन मेथानोल समावेश भएको पाइएको डीडीएले जनाएको छ । यस्तो गम्भीर त्रुटि गर्ने उत्पादकहरुलाई प्रचलित कानुनअनुसार कारबाही गरिने डीडीएका महानिर्देशक नारायण ढकालले बताएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x