Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवाटरपार्क परियोजनाका जग्गाधनीलाई स्थायी पुर्जा

वाटरपार्क परियोजनाका जग्गाधनीलाई स्थायी पुर्जा


जिएम यादव
बाँके ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजनाअन्तर्गतका जग्गाधनीहरुलाई स्थायी लालपुर्जा वितरण सुरु गरिएको छ । एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनीहरु उत्साहित भएका छन् ।

नगर प्रमुख डा. धवलशमशेर राणा, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आइतबार उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीहरुलाई स्थायी लालपुर्जा हस्तान्तरण गरे । जग्गाधनीलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्दै नगर प्रमुख राणाले लामो समयको प्रयासपछि वाटरपार्क परियोजनाको सम्पूर्ण कानुनी प्रक्रिया पूरा भई सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए ।

स्थायी पुर्जा वितरण सकिएलगत्तै सडक, खानेपानी, विद्युत्लगायतका कामका लागि ८० करोड बढिको टेण्डर प्रक्रियामा रहेको जानकारी दिए । वाटरपार्क परियोजनाअन्तर्गत घर निर्माणका लागि एकरुपता दिइने भएको छ । घरको डिजाइन र रङ एकै प्रकारको हुने भएको छ । डेढ वर्षभित्र सम्पूर्ण रुपमा परियोजनाको निर्माणकार्य सम्पन्न गर्ने गरी तयारी भइरहेको नगर प्रमुख राणाको भनाइ छ । २०६७ सालमा आयोजना स्वीकृत भएको हो । अब स्थायी पुर्जा प्राप्त भएपछि स्थानीयले घर निर्माण लगायतका अन्य कार्य गर्न पाउने भएका छन् ।

वाटरपार्क परियोजनाअन्तर्गत छ सय ६२ जनालाई स्थायी पुर्जा वितरण गरिँदै छ । बाँकी रहेको जग्गा भने प्लटिङ गरी बिक्री गरिनेछ । वाटरपार्क परियोजनाअन्तर्गत ६५ बिघा जग्गा रहेको छ । जग्गाको न्यूनतम मूल्यांकन समेत भइसकेको छ । वाटरपार्क आयोजनाअन्तर्गतका जग्गाधनी बलबहादुर चन्दले नेपालगञ्ज नगर विकास समितिमा जनप्रतिनिधिहरुको नेतृत्व भएपछि काम तीव्ररुपमा सञ्चालन भई जग्गाधनी स्थायी पुर्जा पाउन सफल भएको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया