Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवैदेशिक रोजगार फोरम गठन

वैदेशिक रोजगार फोरम गठन


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले पहिलोपटक वैदेशिक रोजगार फोरम गठन गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मूल्यांकन गरी महासंघले वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी पहिलोपटक वैदेशिक रोजगार फोरम गठन गरेको बताए ।

वार्षिक करिव नौ खर्बको हाराहारीमा भित्रिने विपे्रषणले मुलुकको अर्थतन्त्रमा निकै ठूलो योगदान पु-याएको उनले बताए । फोरमको विस्तार कार्यक्रममा उनले भने, ‘अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलबमा अनेकौँ समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाइ दिदी बहिनीहरू बाध्य छन् ।’

यो क्षेत्रलाई अझ बढी व्यवस्थित बनाउन, दक्ष जनशक्ति विकास तथा समस्यामा रहेका नेपालीहरूलाई सकेको सहयोग गर्न समेत केही योगदान पु-याउन सकियोस् भनेर महासंघले फोरम गठन गरेको भन्दै उनले फोरमलाई वैदेशिक रोजगारीका समग्र मुद्दाहरूमा परिणामदायीरूपमा काम गर्न सुझाव दिए । महासंघको रोजगारदाता परिषद्का सभापति एवं प्रदेश उपाध्यक्ष रामचन्द्र संघाईले फोरमले यस क्षेत्रका सरोकारवाला निकायहरूसँग बसेर वैदेशिक रोजगारीका सम्भाव्यता तथा चुनौतीहरूबारे अध्ययन गरी ठोस सुझाव तयार गर्न अनुरोध गरे ।

महासंघको कार्यकारिणी समितिका सदस्य विष्णु प्रसाद गैरेकोे सभापतित्वमा गठित वैदेशिक रोजगार फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने रहेका छन् । फोरमका सदस्यहरूमा कृष्ण पौडेल, सञ्जय निरला, सञ्जय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ रहेका छन् भने सल्लाहकारहरूमा किरण किशोर घिमिरे, रोहन गुरुङ, सुजित कुमार श्रेष्ठ, नवराज केसी र नरेन्द्र ढकाल छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया