आशिष बहादुर सिंह
बझाङ्, माघ १२
बझाङ दलित बस्तीका लागि तीनमहिने सिलाइकटाइ तालिम सम्पन्न भएको छ । घरेलु विकास कार्यालय बझाङले सञ्चालन गरेको सिलाइकटाइ तालिममा जयपृथ्वी नगरपालिका वडा नः ९ रिठापाटाका दलित बस्तीका महिलाहरुले तालिम लिएका थिए । प्रदेश सरकारले छुट्याएको तीन लाख ६० हजार रुपैयाँबाट १२ जनाले तालिम लिएको घरेलु विकास कार्यालयले जनाएको छ ।
गाउँमा बेरोजगार भएर बस्नुको सट्टा केही सीप गरेर परिवारको खर्च चलाउन सिलाइकटाइ तालिम लिएको तालिममा सहभागी सुजाता कुमारी ओखेडा बताइन् । महिला आत्मनिर्भर हुने उद्देश्यले प्रदेश सरकारले दिएको रकमबाट दुई महिने तालिम सञ्चालन गरिएको घरेलु विकास अधिकृत खडक बोहराले बताए । तीन महिने तालिम भए पनि आर्थिक अभावका कारण दुई महिना मात्रै सञ्चालन गरेको उनको भनाइ छ । जयपृथ्वी नगरपालिकालाई थप बजेटको माग राखेको भए पनि नगरपालिकाले कुनै सुनुवाइ नगरेको उनले बताए । सीप सिकेका महिलालाई मेसिन कैँची पनि उपलब्ध गराएको अधिकृत बोहराले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया