वस्तुगत संघहरूका समस्या सुन्न महासंघको नयाँ पहल
काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफरसहित खानाहरुमा विशेष छुट ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।
लस्कर फूड्सले बिहीबारदेखि अनलाइन प्रतियोगिता समेतको आयोजना गरी दुई जनालाई फुड कुपन भाउचरको व्यवस्था गरेको छ । दुई जना विजेता ग्राहकले चाहेको खानेकुरा जित्न सक्नेछन् । एक हजार पाँच सय रुपैयाँबराबरको खानेकुरा एपबाट मगाई वा लस्कर फुड्सको कार्यालयमा सम्पर्क गरी विजेताले मगाउन सकिने लस्कर फुड्सका प्रमुख कार्यकरी अधिकृत सुमन वस्तीले बताए । ग्राहकले केही नियमको पालना गरी फुड कुपन जित्न सकिने वस्ती बताउँछन् ।
नेपालीको महान् चाडबाड नजिकिएसँगै क्रमशः अन्य विभिन्न अफरहरु ल्याउँदै जाने उनको भनाइ छ । लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउने लक्ष्य छ । तोकेको समयसीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो । लस्कर फुड्सले खाना पु-याएको डेलिभरी चार्ज नलिने गरेको छ ।
प्रभु–पे, इ–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत वस्ती बताउँछन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया