स्वदेशी नेपाली गलैँचा उद्योगको सम्वर्द्धन गर्न आवश्यक
काठमाडौं । नेपाली गलैँचा उद्योगको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि यसको दीर्घकालीन विस्तार हुन नसकेकोमा सरोकारवालहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको चौथो वार्षिक साधारणसभामा गलैँचा उद्योग क्षेत्रलाई राज्यले सही सहयोग र समर्थन नगरेकाले अन्य राष्ट्रसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै संघका पदाधिकारीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
गण्डकी प्रदेशका सांसद एवं संघका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा नेपाली गलैँचा उद्योगको सम्वद्र्धन, प्रवद्र्धन, विस्तार तथा विकासका योजनाहरुको विषयहरुमा छलफल भएको थियो ।
कार्यक्रममा कोभिड महामारीले निम्त्याएको प्रतिकूल अवस्थामा समेत गलैँचा उद्योगहरुले आफ्नो व्यावसायिक गतिविधिलाई निरन्तरता दिई राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सफल भएको बताउँदै संघका अध्यक्ष रामबहादुर गुरुङ्गले गलैँचा उद्योगको विकास र प्रवद्र्धनका निमित्त नेपाल सरकारले थप ध्यान दिएमा उद्योगको दिर्घकालिन विकास हुनसक्ने बताए ।
नगद अनुदानसम्बन्धी कार्यविधि २०७५ संशोधनका आधारमा नेपाली गलैँचा व्यवसायीहरुले पाँँच प्रतिशत मात्र अनुदान रकम प्राप्त गर्ने गरेका छन् । तर कार्यविधिको सारअनुरुप नेपाली गलैँचाको मूल्यअभिवृद्धि ७० प्रतिशतभन्दा बढी हुने भए पनि नेपाली गलैँचालाई मूल्यअभिवृद्धि न्यूनतम ३० प्रतिशत हुने वस्तुहरुसँग तुलना गरी कार्यविधिको अनुसूची २ मा उल्लेख गरिएको छ । त्यस्तै कार्यक्रममा नेपाली गलैँचा क्षेत्रलाई मूल्यअभिवृद्धिका आधारमा थप प्राथमिकतामा राख्न निरन्तर प्रयासरत रहेको संघका महासचिव दावा शेर्पाले जानकारी गराए । नेपाली गलैँचा क्षेत्रलाई कार्यविधिको अनुसूची १ मा उल्लेख गर्नसके गलैँचा व्यवासयीहरुले प्राप्त गरिरहेको अनुदान रकममा वृद्धि हुनसक्ने उनले विश्वास व्यक्त गरे ।
‘नेपाल सरकारले कृषि क्षेत्रलाई ऋण प्रदान गर्दै आइरहेको छ, सोहीअनुसार सरकारले गलैँचा क्षेत्रलाई पनि ऋण उपलब्ध गराई गलैँचा उद्योगलाई विस्तार गर्नेतर्फ ध्यान दिनुपर्छ । नेपाली गलैँचा उद्योगले मुलुकमा सृजना गरेको रोजगारीको तथ्यांक अध्ययन गरेर पनि सरकारले गलैँचा उद्योगको विस्तारको लागि ऋण उपलब्ध गराउनुपर्छ’, संघका उपाध्यक्ष समिक विक्रम शाहको जोड रहेको थियो ।
नेपाली गलैँचा उद्योगलाई विस्तार गर्नसके उद्योगले सृजना गरिरहेको रोजगारीको अवसर स्वतः बढ्दै जाने, राष्ट्रिय अर्थतन्त्रमा उद्योगले पु¥याउँदै आएको योगदान पनि बढ्ने, उद्योगको दीर्घकालीन विस्तारको योजना अगाडि बढाएमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा मुलुक लाभान्वित हुने भएकाले यसको चौतर्फी विकासको लागि संघ निरन्तर क्रियाशील रहनुपर्नेमा संघको कार्यसमितिका सदस्यहरुले जोड दिएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया