Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालडीएभीद्वारा महिलाहरूलाई सम्मान

डीएभीद्वारा महिलाहरूलाई सम्मान


काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यकालगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलाहरुलाई सम्मान गरेको छ ।

११२औँ विश्व महिला दिवसको अवसरमा २१६ मनोनीत महिलाहरुमध्ये शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु-याएका ८४ जना महिलाहरुलाई डीएभीले सम्मान गरेको हो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रकी डीन प्रा.डा. कुसुम शाक्यले डीएभी विद्यालयले शिक्षा क्षेत्रका महिलाहरु खोजी गरी सम्मान गर्नु निजी क्षेत्रकै सह्राहनीय कार्य रहेको उल्लेख गरिन् । सोही अवसरमा उनले शिक्षा क्षेत्रमा महिलाहरुको उल्लेखनीय सहभागिता देखिनुले नेपाली समाज र लैङ्गिक समानतातिर उन्मुख रहेको समेत बताइन् । कार्यक्रममा डीएभी अध्यक्ष अनिल केडियाले शिक्षा क्षेत्रमा अथक योगदान पु-याएका महिलाहरुलाई सम्मान गर्दा आफू ज्यादै खुसी भएको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया