Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालम्याक्स वे र करियर लिफ्टर्सको ‘करियर काउन्सिलिङ एक्स्पो’ सम्पन्न

म्याक्स वे र करियर लिफ्टर्सको ‘करियर काउन्सिलिङ एक्स्पो’ सम्पन्न


काठमाडौं । म्याक्स वे इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी र करियर लिफ्टर्सको संयुक्त आयोजनामा ‘करियर काउन्सिलिङ एक्स्पो’ सम्पन्न भएको छ । भारतका प्रसिद्ध सात विश्वविद्यालयद्वारा करियर काउन्सिलिङ एक्स्पोमा दश जोड दुईपछिको अध्ययन र अवसर’का बारेमा जानकारी गराइएको थियो ।

राजधानीमा भएको एक कार्यक्रममा म्याक्स वे इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका चेयरम्यान गम्भीर भगतले विद्यार्थीहरु आफनो शैक्षिक भविष्यलाई लिएर चिन्तित हुने गरेकोले त्यसमा शैक्षिक संस्था, प्राध्यपकहरुले सहयोग गर्नुपर्ने बताए । त्यस्तै, ओपी जिन्दाल युनिभर्सिटीका एड्मिनिस्ट्रेसन असिस्टेन्ट मेनेजर ब्रिजेश कुमार सोङ्गोत्रले विश्वविद्यालय, सञ्चालित कोर्स र शिक्षण पद्धतिबारे जानकारी गराए । उनले ओपी जिन्दालले नेपाली विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने आकांक्षालाई सहयोग गर्दै आएको बताए । विश्वभर मान्यताप्राप्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको भारत इन्स्टिच्युट अफ हायर एजुकेसन एण्ड रिसर्च डिम टु वी युनिभर्सिटीले नेपाली विद्यार्थीहरूलाई प्रदान गरिने सेवा सुविधा, छात्रवृत्तिबारे जानकारी समेत गराइएको थियो ।

त्यस्तै, सुलिनी युनिभर्सिटीकी भाइस प्रेसिडेन्ट अभानी कोश्लाले सुलिनी युनिभर्सिटीले नेपालमा आई उत्कृष्ट करियर काउन्सिलिङको महत्वबारे जानकारी गराइरहँदा विद्यार्थी र कलेजबाट राम्रो प्रतिक्रिया आएकोे र भविष्यमा पनि यस्तो कार्यक्रम आयोजना गर्न बताइन् । अरो युनिभर्सिटीका रजिस्ट्रार एण्ड हेड अफ स्कुल स्कुल अफ हस्पिटालिटी मेनेजमेन्ट, प्रोफेसर अमरेश मिश्रले अरो युनिभर्सिटी र गुजरातको विकास र यसले उच्च शिक्षामा पु-याएको योगदानबारे जानकारी गराए । बेङ्लोरमा अवस्थित विद्याशिल्प युनिभर्सिटीलाई नेपालमा आफूलाई परिचित गराउँदै सहायक निर्देशक श्याम कुमारले आफ्नो युनिभर्सिटीले प्रदान गर्ने कोर्स, फ्रिस्ट्रक्चर, स्कलरसिप, अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लक्षित विशेष सेवाबारे जानकारी गराए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया