Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालफोटोपसलद्वारा फोटोग्राफरलाई एकदिने कार्यशाला

फोटोपसलद्वारा फोटोग्राफरलाई एकदिने कार्यशाला


काठमाडौं । ‘सिकौँ, सिकाऔँ, उठौँ, उठाऔँ, अनि फोटोग्राफरको सम्मानमा सधैँ अग्रसर बनौँ’ भन्ने नारा लिएर पेशागत रुपमा फोटो व्यवसाय गरिरहेका फोटाग्राफरहरुलाई एक दिने कार्यशाला सञ्चालन भएको छ ।

फोटोपसलको आयोजना तथा फोटोकिपाको सहआयोजनामा भएको उक्त कार्यशालामा माउन्टेन फोटोग्राफीका बादशाहका रुपमा चिनिने जगदिश तिवारी, वरिष्ठ फेसन फोटोग्राफर राजभाई सुवाल, फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले कार्यशालामा आफ्ना अनुभव राखेका थिए । देशभरबाट एक सय ५० सहभागी रहेको कार्यशालामा बोल्दै माउन्टेन फोटोग्राफर जगदिश तिवारीले पेशागत सम्मानका लागि कार्यदक्षताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र त्यसका लागि सीपमा निखारपना ल्याउनुपर्नेमा जोड दिएका थिए । यस्तै बदलिँदो डिजिटल दुनियाँमा फोटोग्राफरले चुनौतीको सामना गर्दै अगाडि बढ्ने हो भने संसारकै सबैभन्दा धेरै अवसर रहेको पेसामा फोटोग्राफी रहेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ माउन्टेन फोटोग्राफर जगदिश तिवारी र वरिष्ठ फेसन फोटोग्राफर राजभाइ सुवाललाई सम्मान गरिएको थियो । त्यसैगरी विश्व फोटोग्राफी दिवसको अवसरमा गरिएको कप्पल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उत्कृष्ट, सर्वोत्कृष्ट, विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पदान गरिएको थियो । जसमा फोटोग्राफर विवेक श्रेष्ठले खिचेको जोडी फोटो विजयी भएको थियो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया