Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालयुनिश शाही र रजिना रिमालको ‘बैना रुमाल’ले ग्राहकको मन जित्दै

युनिश शाही र रजिना रिमालको ‘बैना रुमाल’ले ग्राहकको मन जित्दै


काठमाडौं । युनिश शाही र रजिना रिमालको ‘बैना रुमाल’ले ग्राहकको मन जित्दै गएको छ । नेपाली लोक र पप शैलीमा सार्वजनिक गरिएको यो गीतमा नेपाली समाजमा चलनचल्तीमा रहेको बैना रुमाललगायतका शब्दहरूलाई सरल, सहज र समुधुर स्वरमा समावेश गरिकै कारण गीतले श्रोता दर्शकहरूको मन जित्दै गएको हो ।

गीतमा स्वर युनिश शाही र रजिना रिमालको रहेको छ भने एरेन्ज, मिक्सिङ, मास्टरिङ र रेकर्डिङ सञ्जिव बराइलीको छ । गीतमा निराजन प्रधान र गरिमा शर्मा फिर्चड छन् । गीतको शब्द र सङ्गीत पनि युनिश शाहीले नै तयार गरेका हुन् ।

यसैगरी गीतको म्युजिक भिडियो बनाउने कार्यमा कलर प्रोजेक्ट एडभाइजरको रूपमा प्रविन मानन्धर, सम्पादक र निर्देशकको रूपमा हरि हुंमागाई, सहायक निर्देशकमा सागर प्याकुरेल रहेका छन् । म्युजिक भिडियोका अन्य कलाकारहरूमा निरञ्जन प्रधान, गरिमा शर्मा, सुरत हुमागाई र गोमा न्यौपाने रहेका छन् । भिडियोको सिनेम्याटोग्राफरमा उत्तम हुंमागाई रहेका छन् भने एसिस्टेन्ट सिनेम्याटोग्राफरमा राजेन्द्र हुंमागाई रहेका छन् । गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गहेका हुन् । गायक शाहीका अनुसार बैना रुमाल ‘क्रियटिभ ह्याट्स’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया