Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक

स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक


काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयपत्र दर्ता, वैशाख १२ गते मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय भएको छ । यस्तै आगामी वैशाख १४ र १५ गते मनोनयपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम स्वीकृत भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

आगामी वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यालय निर्वाचन अधिकृतको कार्यालयमा हुने आयोगले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया