Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमोरङको लेटाङमा झडप हुँदा महिला प्रहरीको मृत्यु

मोरङको लेटाङमा झडप हुँदा महिला प्रहरीको मृत्यु


मोरङ । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ । घटनामा घाइतेमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।

घाइतेहरुलाई उपचारार्थ कोशी अस्पताल लगिए पनि श्रेष्ठलाई अस्पतालले १०ः५० मा मृत घोषणा गरेको प्रदेश १ का प्रहरी प्रवक्ता एसपी नवीन राईले जानकारी दिए । घटनामा मोरङका एसपी जनार्दन जिसीसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् । लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको भन्दै विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया