सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप
शानदार नतिजामा शुक्र च्याम्पियन, नम्बर एक बन्न सफल
काठमाडौं । धरानका प्रोफेसनल गल्फर शुक्र बहादुर राई सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन बन्न सफल भएका छन् । राईले ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १९–अन्डर दुई सय ६९ को शानदार नतिजा निकाल्न सफल भएका हुन् ।
करियरकै उत्कृष्ट स्कोर निकालेका शुक्रले धरानकै निरज तामाङलाई छ स्ट्रोकले हराउँदै करियरको सातौँ उपाधि हात पारे । उपाधिसँगै जितेको नगद दुई लाख ५० हजारले शुक्र पहिलो पटक नेपाल नम्बर एक गल्फर बनेका छन् । उनले यो सिजनको कुल आठमध्ये पाँच प्रतियोगिता मात्र खेले पनि सर्वाधिक छ लाख ६३ हजार पाँच सय रूपैयाँ नगद पुरस्कारसहित नम्बर एक बनेका हुन् । यस्तै २–ओभर ७४ सहित समग्रमा १३–अन्डर दुर्ई सय ७५ सहित निरज दोस्रो भए ।
समग्रमा १२–अन्डर दुई सय ७६ सहित तेस्रो भएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाए । उनले अन्तिम दिन २–अन्डर ७० स्कोर जोडे। यो सिजन कुल पाँच लाख ८० हजार पाँच सय नगद पुरस्कारसहित दोस्रो स्थानमा तल झरे । एमेच्योर वाङ्गचेन ढोन्डुपले १–ओभर ७३ सहित समग्रमा ११–अन्डर दुई सय ७७ सहित एमेच्योरतर्फ उपाधि जिते । समग्रमा भने उनी चौथो भए । अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १०–अन्डर दुई सय ७८ सहित एमेच्योरतर्फ दोस्रो भए । उनले अन्तिम दिन ३–अन्डर ६९ को स्कोर गरे। समग्रमा भने उनी पाँचौँ भए ।
एमेच्योरतर्फ एकछत्र राज गरिरहेका सुवाश तामाङले समग्रमा ७–अन्डर दुई सय ८१ सहित पूर्ण बहादुर शर्मासँग संयुक्तरूपमा छैटौँ स्थान बाँडे । सुवाशले ५–अन्डर ६७ र पूर्णले इभन–पार ७२ मा खेल सकाए। इभन–पार ७२ सहित समग्रमा ५–अन्डर दुई सय ८३ सहित एमेच्योर आरव डी शाहले आठौँ स्थानमा प्रतियोगिता सकाए । भुवन कुमार रोक्का र रबि खड्काले समग्रमा ३–अन्डर दुई सय ८५ सहित संयुक्तरूपमा नवौँ स्थान बाँडे । अन्तिम दिन भुवनले दुई ओभर ७४ र रबिले १–ओभर ७३ मा खेल सकाए । एमेच्योर सद्भाव आचार्य समग्रमा २–अन्डर दुई सय ८६ सहित एघारौँ र समग्रमा इभन–पार दुई सय ८८ सहित सूर्य प्रसाद शर्मा १२औँ स्थानमा रहे । पाँच ओभर दुई सय ९३ सहित व्यावसायिकतर्फ १५औँ भएका जय राम श्रेष्ठले चार लाख ७५ हजार पाँच सयसहित उनले आगामी सिजनको सुरुवात तेस्रो स्थानबाट गर्नेछन् ।
च्याम्पियन शुक्रले बिहीबार पहिलो होलमा बोगी खेपे पनि तेस्रो र सातौँ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए । यसपछि ११औँ, १२औँ र १८औँ होलमा एक/एक सट बचाउँदा १४औँ होलमा बोगी प्रहार गर्दा ब्याक नाइन २–अन्डर ३४ मा पूरा गरे । दोस्रो भएका निरजले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरे भने चौथो र पाँचौँ होलमा एक–एक सट खेर फाले । यसपछि १४औँ र १५औँ होलको बोगीले ब्याक नाइन २–ओभर ३८ मा सकाए । यस्तैगरी सूर्य नेपाल टुरमा लामो समय सहयोग गर्ने रामजी राजबाहक तथा रमेश नगरकोटी र समिर तामाङलाई कदरपत्रसहित सम्मान गरिएको थियो । चारदिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योरसहित ५४ खेलाडीको सहभागिता रहेको थियो ।
सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको छ । विजेताले दुई लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५५ हजार र एक लाख दश हजार प्राप्त गरे । विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रविन्द्र मान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया