Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआईक्यान अवार्डबाट बुटवल पावर सम्मानित

आईक्यान अवार्डबाट बुटवल पावर सम्मानित


काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड साधारण क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आर्थिक वर्ष २०७७/७८ (२०२०/२१) मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्तरूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका हुन् । कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत् केन्द्रहरूबाट विद्युत् उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करिब ६० हजार ग्राहकहरूलाई विद्युत् वितरण गर्दै आएको छ । हाल सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत् आयोजनाहरूमा पनि कम्पनीको लगानी रहेको छ भने पूर्वनिर्माणको चरणमा रहेका मर्स्याङ्डी बेसिनस्थित करिब छ सय मेगावाटको तीनवटा जलविद्युत् आयोजनाहरूमा समेत लगानी रहेको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x