Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसगरमाथा क्षेत्रमा १३ विदेशीको मृत्यु, दुई बेपत्ता

सगरमाथा क्षेत्रमा १३ विदेशीको मृत्यु, दुई बेपत्ता


सोलुखुम्बु । एक वर्षको अवधिमा खुम्बुक्षेत्र भ्रमणमा आएका एक दर्जनभन्दा बढी विदेशी पर्यटकको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । २०७८ को जेठदेखि ०७९ को जेठसम्ममा खुम्बु भ्रमणमा आएका १३ जना विदेशीको मृत्यु भएको र दुई जना बेपत्ता भएको पर्यटक प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्णप्रसाद दहालका सगरमाथा आरोहण गरेर फर्कने क्रममा लडेर २०७८ साल वैशाख ३० गते बेलायती नागरिक ३४ र स्वीजल्यान्डका ४१ वर्षीय पुरुष, गत जेठ ८ गते बेलायती नागरिकहरू ६१ र ३४ वर्षका पुरुषको मृत्यु भएको थियो । यस्तै असोज २९ गते भारत केरलाका २० वर्षीय पुरुष र कात्तिक १९ गते बेलायती नागरिक १९ वर्षीय युवकको हाई लागेर बेसक्याम्प क्षेत्रमा मृत्यु भएको थियो । यस्तै कात्तिक २१ गते दुई जना २७ र एक जना ३४ वर्षका गरी तीन जना फ्रान्सेली नागरिकको सगरमाथा चढ्ने क्रममा लडेर मृत्यु भएको पर्यटक प्रहरी उपशाखा लुक्लाले जनाएको छ ।

२०७९ को वैशाख ६ गते रसियन नागरिक ५५ वर्षका पुरुष हिमाल चड्ने क्रममा लडेर र वैशाख २२ गते ५५ वर्षीय भारतीय नागरिकको गोक्योमा लेक लागेर मृत्यु भएको प्रहरीको तथ्यांक छ । वैशाख ३१ गते क्यानाडियन ५० वर्षीय पुरुष स्याङ्बोचेमा सुतेकै अवस्थामा मृत्यु भएको र जेठ २० गते बेलायती १९ वर्षीय पुरुषले खुम्बुमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । खुम्बु क्षेत्रमा ज्यान गुमाएका तथा बेपत्ता भएका अघिकांश विदेशी पर्यटकहरू गाइड तथा सहयोगीविना एक्लाएक्लै भ्रमणमा आएकाहरू रहेको पर्यटक प्रहरीले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x