धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी लिएर आउने, आफन्तलगायत अन्य मानिसहरुको भीडलाई व्यवस्थापन गरी बिरामीलाई सहज रुपमा गुणस्तरीय एवम् प्रभावकारी उपचार सेवा प्रदान गर्ने उद्देश्यले एक जना बिरामीका लागि एक जना मात्र कुरुवा रहन पाउने व्यवस्था गरेको छ ।
यसबाट बाहिरबाट आएका मानिसहरुले इमर्जेन्सीमा उपचारार्थ ल्याइएका बिरामीहरुलाई संक्रमण हुने लगायत भीडभाडका कारण बिरामीलाई उपलब्ध गराउनुपर्ने सेवा सुविधालाई सहज रुपमा पु-याउन सहयोग पुग्ने प्रतिष्ठानको भनाइ छ । प्रतिष्ठानमा हाल दैनिक दुई सयभन्दा बढी बिरामीहरु इमर्जेन्सीमा आउने गरेका छन् ।
साथै, इमर्जेन्सीमा आएका बिरामीहरु सामान्य घाउ चोटपटक लगायत अङ्गभङ्ग लगायत अति संवेदनशिल अवस्थाका समेत बिरामी आउने गरेकाले एक जना मात्र कुरुवाको व्यवस्थाले बिरामीलाई उपचारमा सहज हुने प्रतिष्ठानको विश्वास छ । बिरामी कुरुवा पासबापत लिइने धरौटीबापतको रकम पाँच सय रुपैयाँ बिरामी डिस्चार्ज भएपछि वा वार्डमा भर्ना भएपछि इमर्जेन्सी बिल काउन्टरबाट नै फिर्ता गरिनेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया