पानीको स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान
बलेवा । पानीको स्रोत सुक्न नदिन बागलुङमा ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रममार्फत ११ वटा पोखरी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालयले सामुदायिक वनसँग मिलेर पोखरी निर्माण गरेको हो ।
पानीको स्रोत संरक्षण, जङ्गलभन्दा तल्लो भूभागमा रहेका पानीका मुहानको ‘रिचार्ज’ गर्ने र जङ्गली जीवजन्तुलाई पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत एक सामुदायिक वन एक संरक्षण पोखरी निर्माण अभियान थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्दप्रसाद अधिकारीले राससलाई जानकारी दिए ।
पोखरी निर्माणले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुलाई खानेपानी सुविधाका लागि वनमै स्रोतको सुनिश्चितता हुने अधिकारीले बताए । आर्थिक वर्ष २०७७/७८ मा पाँच र २०७८/७९ मा छ गरी कूल ११ वटा पानीपोखरी निर्माण सम्पन्न भएका छन् । चालू वर्षमा पनि छ पोखरीका योजना स्वीकृत भएका छन् । “कच्ची पोखरी निर्माणले पानीको सञ्चिती बढाउँछ, अग्ला पहाडमा बनेका पोखरीले तल्लो भूभागमा रहेका पानीका मुहानलाई सघाउँछन्”, अधिकारीले भने, “बढ्दो जनसङ्ख्याको मागअनुसार खानेपानी पु-याउन दीर्घकालीनरुपमा पोखरीले महत्व राख्छन् ।”
कार्यालयले चालू आवमा जैमिनी, बागलुङ नगरपालिका, बरेङ, काठेखोला, निसीखोला, तमानखोला गाउँपालिका र गलकोट नगरपालिकामा एकरएक पोखरी निर्माणको योजना छ । सामुदायिक वनबाट प्रस्ताव प्राप्त भए पनि निर्माण नभएको कार्यालयले जनाएको छ ।
अभियानको पहिलो वर्ष रु. पाँच लाख ६५ हजार लगानीमा बडिगाड–४ को ठूलो वन सामुदायिक वन, बागलुङ नगरपालिका–१० को हिराताल पर्यटकीय सामुदायिक वन, तमानखोला–२ को रानीवन सामुदायिक वन, बरेङ–२ को चियापानी, बागलुङ नगरपालिका १३ र १४ को भुल्केमूल धैरेनी तथा ढोरपाटन नगरपालिका–४ को सिनका सामुदायिक वनमा पोखरा निर्माण गरिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिए ।
गत वर्ष पोखरी निर्माणका लागि प्राप्त १० लाखमध्ये आठ लाख ३० हजार लागतमा बरेङ–२ को पधेराडाँडा महिला, बागलुङ नगरपालिका–३ को रातमाटा, गलकोट नगरपालिका–७ को लाम्दारा, काठेखोला गाउँपालिका–५ को शिवधुरी र बागलुङ नगरपालिका–७ को तितौरे सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।
कार्यालयले पोखरी निर्माणका लागि छनोटमा परेका प्रत्येक सामुदायिक वनलाई कार्यालयल एक लाख उपलब्ध गराउँदै आएको छ । कार्यालयले उपलब्ध गराउने रकमबाहेक थप १० प्रतिशत रकम उपभोक्ताको साझेदारीमा लगानी हुन्छ ।
सकेसम्म पानीको मुहान नजिकै पोखरी निर्माण गरिन्छ । मुहान नजिक पोखरी निर्माण गर्ने अवस्था नभए पाइपमार्फत पानी लगेर पोखरीमा जम्मा गर्ने गरेको बडिगाड गाउँपालिका सव डिभिजन वन कार्यालय बडिगाडका प्रमुख दीपक श्रीसले जानकारी दिए । मुहान नजिक नभएको र पाइप खरिद गर्न बजेट अभाव भएको ठाउँमा आकासे पानी संरक्षण गरी पोखरीमा जम्मा गरिएको उनको भनाइ छ ।
वन क्षेत्रमा पानीको सतह सुक्दै जान थालेपछि वन्यजन्त सामुदायिक वन छाडेर पलायन हुने अवस्था आएपछि कार्यालयले पानी पोखरीको व्यवस्थापन गर्न थालेको हो । पानीको अभावमा सामुदायिक वनबाट लोप हुँदै गएका जीवजन्तु र चराचुरुङ्गी जोगाउन पोखरी निर्माणको अभियान सहयोग बन्ने अपेक्षा गरिएको छ ।
मानिसले आफ्नो प्रयोगका लागि मुहानमा सिमेन्ट प्रयोग गरी पक्की घेराबन्दी गर्ने तथा पाइपमार्फत सिधै ट्याङ्कीमा पानी पु-याउँदा पानीको खोजीमा वन्यजन्तु बस्ती पस्दा मानिस र वन्यजन्तुबीच द्वन्द्व बढेको कार्यालय प्रमुख घिमिरेको भनाइ छ । वनमा पोखरी निर्माण भएपछि पानीको खोजीमा वन्यजन्तु बस्ती नपस्ने उनको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
- कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया