Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल

राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत माओवादी)का शीर्ष नेताबीच राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुबीच राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको जानकारी दिए ।

पहिलो चरणमा गठबन्धनका दुई दलबीच राष्ट्रियसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको र त्यसपछि गठबन्धनका अन्य दलसँग पनि छलफल हुने उनले बताए । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।

कार्यक्रममा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक लेखक र माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया