जुट व्यापारीका बिचौलिया हुण्डी कारोबारमा सक्रिय
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरभित्रै पछिल्लो समय अवैध हुण्डीको कारोबार एक्कासि बढ्दै गएको छ । प्रदेश राजधानीमै नेपाल सरकारले अवैध भनी प्रतिबन्ध लगाइएको हुण्डी व्यापारमा पछिल्लो समय सानादेखि ठूला व्यावसायिक घरानाका व्यक्ति संलग्न रहेको स्रोतले बताएको छ ।
अहिले बजारमा पुराना हुण्डीका कारोबारी बिस्तारै पलायन भएका छन् भने उनीहरूको पलायनसँगै हुण्डीको कारोबारमा नयाँ–नयाँ अनुहार थपिएका छन् । पछिल्लो समय विराटनगरबाट जुट उद्योग सञ्चालन गर्दै आएको गोल्छा समूहले आफ्नो उद्योगलाई आवश्यक पर्ने जुट भारतबाट आयात गर्ने र जुट खरिदको अधिकांश भुक्तानी हुण्डीमार्फत नै विराटनगरका ओम दुगढले गर्नेगरेको दाबी स्रोतले गरेको छ । गोल्छा समूहसँग जुट उद्योगलाई आवश्यक पर्ने जुटको कारोबारमा बिचौलायको काम गर्दै आएका ओम दुगढ हुण्डीको कारोबारमा सक्रिय भएपछि आफूसँगै उनका छोराहरू दर्शन दुगढ र योगेश दुगढ अहिले खुलेयाम हुण्डीको कारोबारमा संलग्न भएको रहस्य पनि खुलेको छ ।
गोल्छा समूहद्वारा सञ्चालित अरिहन्त जुट मिल र रघुपति जुट मिल्समा हुने भारतीय जुट व्यापारीको कारोबारमा बिचौलियाको काम गर्दै आएको ओम दुगढको यो समूहले विराटनगरमा डरलाग्दो रूपमा हुण्डीको कारोबार गर्नेगरेको दाबी स्रोतको छ । एक व्यवसायीले भने सरकारको नियमअनुुसार भारतीय जुटका व्यवसायीलाई जुट खरिदको भुक्तानी गर्दा बैंकबाट आरटीजीसमार्फत भुक्रानी व्यवस्था मिलाउनुपर्नेमा गोल्छा समूहले पनि बिचौलीयामार्फत भुक्तानी व्यवस्था गरेर हुण्डीको कारोबारलाई प्रश्रय दिएको कुरा बताएका छन् । यसरी अहिले विराटनगरमा गोल्छा समूहद्वारा भारतीय जुटको कारोबारीलाई गर्ने भुक्तानीमा ओम दुगढले आफ्नो वर्चश्व राखी कारोबारीको भुक्तानी पुर्जी समेतको खरिदबिक्री पनि गर्नेगरेको रहस्य खुुलेको छ । यसरी गोल्छा समूहसँग खरिद गरिएको सोही पुर्जीको भुक्तानी अधिकांश पैैसा हुण्डीको माध्यमबाट भारतका विभिन्न सहरमा भारतीय जुटका कारोबारीलाई पठाउने काममा दर्शन दुगढ र योगेश दुगढ पनि सक्रिय भएको स्रोतको दाबी छ ।
विराटनगरमा ओम दुगढले पछिल्लो समय हुण्डीको सञ्जाल नै बनाएको दाबी समेत गर्न थालिएको छ । ओम दुगढसँगै उनका छोरा दर्शन दुगढ र योगेस दुगढले हुण्डीको कारोबारमा साथ दिएपछि विराटनगरको सातघुम्ती मोडमा भव्य र आलिशान महल समेत बनाउन सुरु गरेको स्थानीय व्यवसायीको भनाइ छ । अहिले निर्माण भइरहेको आलिशान महल पनि महानगर पालिकाको मापदण्डविपरीत निर्माण भइरहेको छ । निर्माणसम्पन्न हुने क्रममा रहेको उक्त भवन निर्माण गर्दा पनि ओम दुगढले महानगरपालिकाबाट नक्सापास समेत नगरी निर्माण गरेको रहस्य खुलेको छ । जसले गर्दा मापदण्डविपरीत निर्माण भएको भवनलाई कानुनी दायरामा ल्याउन जरुरी भएको स्थानीय व्यवसायीको भनाइ छ । विराटनगर औद्योगिक एवं व्यावसायिक क्षेत्र भएकाले हुण्डी कारोबारीहरूको लागि उर्वर भूमि भएको जानकारहरू बताउँछन् ।
ओम दुगढले पछिल्लो समय गोल्छा समूहसँग हुने भारतीय जुटका कारोबारीको कारोबारलाई दुवैका बीच सामिप्यता बढाएर बिचौलियाको काम गर्न थालेपछि हुण्डीको कारोबारबाट राम्रै मुनाफा हुने भन्दै आफ्नो पुरानो व्यापारी कारोबार नै छाडेको स्थानीय व्यवसायीले बताएका छन् । अवैध हुण्डीको कारोबारमा प्रवेश गरेसँगै दुगढको हुण्डीको सञ्जाल पछिल्लो समय विराटनगरमा सक्रिय हुन थालेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया