Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधटेलिभिजनलगायत चोरीका सामानसहित तीन जना पक्राउ

टेलिभिजनलगायत चोरीका सामानसहित तीन जना पक्राउ


धादिड. वैशाख २३
टेलिभिजन, क्यासेट प्लेयर र स्पिकरलगायतका चोरीका सामानसहित सिद्धलेक गाउँपालिका ५ पोखरीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिद्धलेक गाउँपालिका ५ पोखरी बस्नेहरु २२ वर्षीय अभिषेक श्रेष्ठ, १९ वर्षीय श्याम श्रेष्ठ र २५ वर्षीय अजय श्रेष्ठ रहेका छन् । उनीहरुबाट चोरीका एलईडी टिभी ६ थान, क्यासेट प्लेयर ३ थान, स्पिकर १ थान र चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान बिहीबार प्रहरीले बरामद गरेको छ ।

निलकण्ठ नगरपालिका ३ स्थित कसाई टोलमा पार्किङ गरी राखेको बा.४ ख ७३८० नम्बरको बस, सोही नगरपालिका ८ बिर्ताबेशीमा पार्किङ गरी राखेको ना.४ ख २८९१ नम्बरको बस सोही नगरपालिका ३ पुच्छार बजारमा पार्किङ गरेको ना.६ ख ९१३० नम्बरको बस,सोही ठाउँमा पार्किङ गरी राखेको प्र.३–००५ ख ९५७२ नम्बरको बसर सोही नगरपालिका ३ स्थित जिल्ला अस्पताल अगाडि पार्किङ गरी राखेको लु.२ ख १९५४ नम्बरको बसबाट विभिन्न मितिमा टिभी तथा क्यासेट प्लेयर चोरी भएको घटनाको अनुसन्धानको क्रममा उक्त सामान सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

चोरीमा संलग्न मध्येका १ जना हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । पक्राउ व्यक्तिहरु उपर चोरी मुद्दामा जिल्ला अदालत धादिङबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x