Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनारायणी अस्पतालमा प्रसूतिसहित सम्पूर्ण जनरल सेवा सञ्चालन

नारायणी अस्पतालमा प्रसूतिसहित सम्पूर्ण जनरल सेवा सञ्चालन


बीरगञ्ज ।
पर्सामा चिकित्सक, स्वास्थ्यकर्मीलगायत अस्पतालका कर्मचारी क्रमशः स्वस्थ हुँदै गएपछि नारायणी अस्पतालमा प्रसूतिसहित सम्पूर्ण जनरल सेवा सुरू भएको छ । लकडाउन तथा निषेधाज्ञा सुरू भएको एक महिनापछि कोभिड अस्पतालमा परिणत भएको नारायणी अस्पताल त्यसको एक महिनापछि पुनः जनरल अस्पतालमा परिणत भएको थियो ।

जनरल अस्पतालमा परिणत भएपछि सेवा सुचारु भएको एक महिनामै पर्सामा संक्रमण बढेर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी ७१ जनाभन्दा बढी संक्रमित भएपछि ओपीडीलगायतका जनरल सेवा ठप्प गरी आकस्मिक सेवा मात्र सञ्चालनमा थियो । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी क्रमशः कोभिडमुक्त हुँदै गएपछि अस्पतालले फेरि बिस्तारै सम्पूर्ण सेवा सुचारु गर्दै गरेको र ओपीडीसहितको जनरल सेवा सुरू भएको हो नरायणी अस्पतालको प्रवक्ता तथा वरिष्ठ चर्म रोग विषेशज्ञ डा. अतुलेस चौरसियाले बताए । प्रवक्ता तथा वरिष्ठ चर्म रोग विषेशज्ञ डा. चौरसियाले बताएअनुसार नारायणी अस्पतालले ओपीडी सेवा दैनिक २५ जना बिरामीलाई हेर्नेगरी सञ्चालनमा ल्याएको छ ।


क्याटेगोरी : नेपाल, बिबिध

तपाईको प्रतिक्रिया