Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाँकेमा कोरोनाकालको चार महिनामा झण्डै आठ सय उद्योग दर्ता

बाँकेमा कोरोनाकालको चार महिनामा झण्डै आठ सय उद्योग दर्ता


जिएम यादव
बाँके ।
बाँकेमा चार महिनामै आठ सयभन्दा बढी घरेलु उद्योग दर्ता भएको छ । कोभिडका कारण व्यावसायिक क्षेत्र अप्ठ्यारोमा परेको तथ्यांक तथा समाचारहरू आइरहँदा घरेलु तथा साना उद्योगका क्षेत्रमा भने उत्साहित रूपमा उद्योग दर्ता तथा नवीकरण भैरहेको तथ्यांकले देखाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम चौधरीले चालू आव ०७७/०७८ को पहिलो चौमासिकमा सात सय ७२ वटा उद्योग दर्ता भएको जानकारी दिएका छन् । ‘वर्तमान असहज परिस्थितिमा पनि घरेलु तथा साना उद्योग स्थानापना हुनुुले व्यावसायिक क्षेत्रमा उत्साह रहेको देखाउँछ’, प्रमुख उद्योग अधिकृत चौधरीले भने । प्रदेश सरकारले गत भदौमा निर्णय गरी घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गरेकाले पनि दर्तामा सहभागी हुने व्यवसायीको संख्या बढ्दै गएको हो ।

‘प्रदेश तथा स्थानीय सरकारले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएकाले पनि घरेलु उद्योगको संख्या बढ्दै गएको हो’, उनले भने । अनुदानसम्बन्धी व्यवस्थाले पनि घरेलु तथा साना उद्योगमा आकर्षण बढेको हो । चालू आवको प्रथम चौमासिकमा एक सय आठ सय वटा उत्पादनमूलक, कृषि तथा वन्यजन्य चार सय ६४, पर्यटनजन्य ५२, सेवामूलक एक सय ४८ वटा घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । चालू आवमा चार सय ६२ वटा उद्योगले नवीकरण पनि गराएका छन् । नवीकरण भएका चार सय ५९ उद्योगको सञ्चालक महिला र तीन सय ४३ सञ्चालक महिला रहेका छन् ।

यसैबीच, मंगलबार घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा छैटौँ उद्योग दिवस भव्यताका साथ मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका तथा घरेलु तथा साना उद्योग महासंघले सहकार्य गरेको कार्यक्रम ‘उद्योग र रोजगार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख धवल समशेर राणाबाट तीन लाखबराबरको राहत सामग्री कोशेली घर नेपालगञ्जलाई प्रदान गरिएको थियो ।

उत्कृष्ट कृषि उद्योगीमा नेपाल कृषक समूह जयसपुरलाई १५ लाखबराबरको कृषि राहत सामग्री उपलब्ध गराउनुका साथै उत्कृष्ट कृषक प्रमाण–पत्र दिइएको थियो । कार्यक्रममा नगरप्रमुख राणाले व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै नगरपालिकाका विभिन्न कार्यालयबाट सिफारिस लिँदा असहज परिस्थिति हुने कुरालाई आगामी दिनमा सहज गर्दै लैजाने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया