Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधउद्योग व्यवसाय पुनरूत्थानमा महासंघको सिंगो सञ्जाल नै परिचालित हुन आवश्यक

उद्योग व्यवसाय पुनरूत्थानमा महासंघको सिंगो सञ्जाल नै परिचालित हुन आवश्यक


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो सञ्जाल नै परिचालित हुनुुपर्ने बेला आएको बताएका छन् । महासंघले सदस्य वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा आयोजित कार्यक्रममा उनले सबै वस्तुुगत संघका पदाधिकारीहरूलाई पनि यसतर्फ क्रियाशील हुुन आग्रह गरे ।

अध्यक्ष गोल्छाले नेट २०३० ले लिएका लक्ष्यहरू पूरा गर्न महासंघले आफ्ना सदस्यहरूबाट बलियो साथ र सहयोग पाउने विश्वास समेत प्रकट गरे । कार्यक्रममा एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल, नेपाल कोरोगेटेड बक्स उत्पादक संघ, नेपाल कुुरियर सेवा संघ, फुुटवेयर म्यानुुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल, नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन, नेपाल जडीबुटी उत्पादक संघ, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न वस्तुगत संघ/संस्थाका अध्यक्षहरुले आफ्ना गुनासा तथा समस्याबारे महासंघलाई जानकारी समेत गराएका थिए । नेपाल कोरोगेटेड बक्स उत्पादक संघका अध्यक्ष सुकृतराज पराजुलीले प्याकिङ बक्समा आत्मनिर्भर भए पनि आयातित बक्सबाट नेपाली उत्पादनलाई समस्या भएको बताए ।

कोरोगेटेड उद्योगको कच्चापदार्थ पुराना कागज निर्यात रोक्नुुपर्ने उनको भनाइ थियो । बहुुराष्ट्रिय कम्पनी र राष्ट्रिय कम्पनीहरूले दिने तलब ज्याला सामान हुँदा समस्या भएको उनको गुनासो थियो । नेपाल कुुरियर सेवा संघका अध्यक्ष देवेन्द्र खड्काले अन्तर्राष्ट्रिय विमानस्थल र बसपार्कहरूमा छुुट्टै कुरियर टर्मिनलको माग गरे । कुरियर भ्यानलाई ट्राफिकबाट समस्या भएकाले समस्या समाधानमा पहल हुुुनुुपर्ने र कुरियरमा भ्याट हटाउनुुपर्ने उनको सुुझाव थियो ।

फुुटवेयर म्यानुुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता उद्योगहरूका लागि दक्ष जनशक्तिको अभाव भएकाले नियमित रूपमा तालीम दिने केन्द्रहरू सञ्चालनमा ल्याउनुुपर्ने सुुझाव राखेका थिए । भन्सार दर अत्यधिक महंगो भएकाले नेपाली जुत्ताहरू निर्यातमा समस्या परेको उनले गुनासो गरे । सरकारले १५ प्रतिशत महंगो भए पनि स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्ने भने पनि त्यो व्यावहारिक रूपमा कार्यान्वयन नभएको उनको भनाइ थियो ।

यस्तै नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्र्रुव बहादुर थापाले एलसीमा ५० प्रतिशत मार्जिन राख्नुुपर्ने नीतिले समस्या ल्याएको, भन्सार सन्दर्भ मूल्यसूची र कालोबजारी ऐनका कारण अटोमोबाइल्स व्यवसायीले दुःख पाइरहेका, एसकेयूसहित भ्याट बुुझाउन गाह्रो भएको र यसले मिसम्याचको समेत समस्या ल्याउन सक्ने हुँदा यसलाई हटाउनुुपर्ने, भेइकल स्टकमा रहँदा वार्षिक शुल्क/करका सम्बन्धमा अव्यावहारिक नीति हटाउनुुपर्ने सुुझाव राखे ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले मल्चिङ प्लाष्टिक, थोपा सिँचाइको पाइप तथा फलाम तथा पाइपहरूबाट बनेका ग्रिन हाउस संरचनाहरू नेपालमै उत्पादन सुरु भई बजारीकरण भइसकेकाले यी सबै स्वदेशी उत्पादनहरूलाई नै प्रवद्र्धन गर्ने नीति सरकारको हुनुुपर्ने बताए । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका मनोज अधिकारीले एयर कार्गोको आवागमन सहज बनाउनुपर्ने, एयर कार्गोलाई सहज बनाउनुपर्ने, कार्गो बोक्ने गाडीलाई पहिलो प्राथमिकता राखेर व्यवहार गर्नुपर्ने, फ्रेटमा अग्रिम टीडीएसको व्यवस्था अव्यावहारिक, सिपिङ लाइनमा पनि समस्या भएकाले समाधानमा पहल हुनुुपर्ने उल्लेख गरे ।

नेपाल जडीबुटी उत्पादक संघका अध्यक्ष प्रेमराज तिवारीले स्थायी सचिवालय नभएका सदस्य वस्तुुगत संघहरूको सचिवालय व्यवस्थापनमा सहयोग गर्नुपर्ने, जडीबुटीमा ठूला लगानीकर्ताहरू पनि आउनुुपर्ने, जडीबुटीमा नयाँ नयाँ प्रविधि भित्र्याउन पहल गर्नुपर्ने बताए । यसैगरी नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष नरेशलाल श्रेष्ठले आयात निर्यातबीचको फासला घटाउनुपर्ने, ढुुवानीमा समस्या रहेको, कन्टेनर नपाउने र पाएमा पनि महंगो भाडा तिर्नुपर्ने समस्या, फेल्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने नीति राज्यको हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघाईले वस्तुुगत संघहरूका नेतृत्वले राखेका क्षेत्रगत समस्या सम्बोधनमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । यस्तै महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले समस्या समाधानमा महासंघले अर्थपूर्ण पहल गर्ने र आवश्यक परेका बेला सबैलाई साथमा नै लैजाने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x