हाडीगाउँस्थित गहनापोखरी आसपासको क्षेत्रको सरसफाइ
काठमाडौं । हाँडीगाउँको गहनापोखरी वरपरको क्षेत्रमा राउण्ड टेबल इन्टरनेशनल वेस्ट च्यालेन्ज आयोजना गरिएको छ । राउन्ड टेवल इन्टरनेशनल वेस्ट च्यालेन्जअन्तर्गत आइतबार काठमाडौं हाडीगाउँस्थित गहनापोखरी आसपासको क्षेत्रको सरसफाइ गरिएको हो ।
डेंगुको संक्रमणलाई समेत ध्यानमा राखेर सरसफाइ गरिएको आयोजकले जनाएको छ । सरसफाइसँगै सचेतनासमेत फैल्याइएको राउण्ड टेवल नेपालका राष्ट्रिय अध्यक्ष राहुल अग्रवालले बताए । त्यसैगरी गहनापोखरी वरिपरि र खेलमैदान नजिकैकै प्रहरी कार्यालयमा पनि डस्टबिन राखिएको थियो ।
कार्यक्रममा राउण्ड टेवल इन्टरनेशनलका उपाध्यक्ष जयन्त अग्रवाल, लेडिज सर्कल इन्टरनेशनलका एप्याक चियर आरती अग्रवाल, लेडिज सर्कल नेपालकी अध्यक्ष मानसा अग्रवाल, फोटी वान क्लब अफ नेपालका राष्ट्रिय अध्यक्ष मनोज दास तथा राष्ट्रिय बोर्ड सदस्यहरू र अन्य टेबलरहरूको सहभागिता रहेको थियो । त्यस्तै देशभरबाट संकलन गरिएका बिग्रिएका कम्युप्टर, ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक सामग्रीहरु काठमाडौंस्थित डोको नामक संस्थालाई हस्तान्तरण गरिएको राउण्ड टेवल नेपालका महासचिव दिवस सुवेदीले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया