बर्दगोरियामा असोज ३० गतेदेखि फुटबल प्रतियोगिता
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पाँचौँ बर्दगोरिया सेती लोकमार्ग खुला रास्ट्रव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि पाँचौं बर्दगोरिया फुटबल प्रतियोगिता हुने जानकारी दिइएको हो ।
विगत चार संस्करण सफल रुपमा सम्पन्न गरेको सडकपुर बौनिया युवा क्लबले यसपटक यहि असोज ३० गते देखि कार्तिक ७ गते सम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्दितिय स्थान हासिल गर्ने टिमले नगद १ लाख १५ हजारसहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका खेल संयोजक रवि कुँवरले जानकारी दिए । यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १०/१० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन ।
प्रतियोगितामा तीन प्रदेशसहित विभागीय टिमलगायत १६ टिमको सहभागिता रहने क्लबका अध्यक्ष जीवन बीसीले बताए । प्रतियोगिताको कुल खर्च १२ लाख लाग्ने र प्रायोजकहरुको खोजी भइरहेको प्रतियोगिताका आर्थिक संयोजक पुष्प भण्डारीले बताए । यस क्षेत्रमा रहेको बर्दगोरिया धामको प्रचारप्रसारमा सहयोग पुगोस् भन्ने उद्देश्य प्रतियोगिताको आयोजना गरिएको क्लवका महासचिव तथा प्रतियोगिता प्रचारप्रसार संयोजक कृष्ण प्रसाद ओझाले जानकारी दिए । साथै रोकिएको सेती लोकमार्गको कामले पनि तीव्रता पाओस् भन्ने प्रतियोगिताको उद्देश्य छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया