Techie IT
×
गृहपृष्ठबिबिधनेपाल विज्ञापन संघ आनको २३औँ साधारणसभा

नेपाल विज्ञापन संघ आनको २३औँ साधारणसभा


काठमाडौं । नेपाल विज्ञापन संघको २३औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरेको छ । संघका अध्यक्ष सोम प्रसाद धितालको अध्यक्षता तथा सञ्चार तथा सूचना प्रविधि सचिव डा. वैकुण्ठ अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न सभालगत्तै विज्ञापन उद्देश्य उपलब्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारीबारे अन्तक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष धितालले विज्ञापन क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारसँग आग्रह गरे । यस्तै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डबाट काम भइरहेको र धैर्य गर्न आग्रह गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन नीति आवश्यक रहेको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया