कोशीमा एमालेसहितको सरकार गठन
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आइतबार प्रदेशप्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथलगत्तै मुख्यमन्त्री कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । कार्कीले कांग्रेसका सांसद शमशेर राई र एमालेका सांसद रामबहादुर रानामगरलाई समेटेर सानो आकारको मन्त्रिपरिषद् बनाएका हुन् ।
कार्कीको सिफारिसमा प्रदेशप्रमुख खापुङले उनीहरुलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेको प्रदेशप्रमुख कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए । प्रदेशप्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै प्रदेशको राजनीतिक सङ्कट समाधान भएको बताए । उनले अब प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना टरेको बताए । मख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सद्भाव र समुदायबीच सौहार्दपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सबै पक्षसँग सहमति कायम गरेर आफू काम गर्न प्रतिबद्ध रहेको बताए ।
यस्तै नवनियुक्त मुख्यमन्त्री कार्कीले आइतबार नै पदभार ग्रहण गरेका छन् । शपथग्रहणपछि उनले विराटनगरको रोडषेशस्थित मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । साथै कार्की नेतृत्वको मन्त्रिपरिषद्को बैठक पनि बसेको छ । बैठकले सहिदप्रति श्रद्धाञ्जली, सरकारको प्रवक्तामा मन्त्री शम्शेर राईलाई तोक्ने निर्णय गरेको छ । यस्तै बैठकले प्रादेशिक सडक सुरक्षा प्रभावकारी बनाउने र राजस्व चुहावट रोक्ने निर्णय गरेको छ । सत्ता निर्माणको लामो समयको रस्साकस्सीका बीच कार्की नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका विद्रोही आठ सांसदको सहयोगमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, राजनिति
ट्याग : #Page 8
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया