Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारनेप्सेमा सर्भरको समस्या

नेप्सेमा सर्भरको समस्या

२४ मिनेट ढिलो खुल्यो, १७ अंकले घट्यो


काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार नेप्सेको सर्भरमा समस्या आउँदा निर्धारित समय भन्दा २४ मिनेट ढिलो खुलेर २४ मिनेट ढिलो बन्द भएको छ । यसरी बन्द हुँदा सेयर बजार परिसुचक नेप्से १७ दशमलव ९३ अंकले ओरालो लागेर १८ सय ७६ दशमलव ६० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गनैं सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९६ अंकले ओरालो लागेर तीन सय ५८ दशमलव ८९ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ८५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २९ हजार आठ सय ८३ पटकको कारोबारमा ३३ लाख ५९ हजार छ सय एक कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज एक अर्ब एक करोड ४१ लाख ९५ हजार पाँच सय ७५ रुपैंयाँको सेयर किनबेच भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर खरिद बिक्री भएका छन् । जसमध्ये अन्य उपसमुहको सुचक सामान्य अंकले उकालो लागेको भएपनि बाँकी रहेका बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया