Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसर्वोत्तम सिमेन्टको साधारण सेयरको बिक्री आह्वान

सर्वोत्तम सिमेन्टको साधारण सेयरको बिक्री आह्वान


काठमाडौं । सर्वोत्तम सिमेन्टले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेकाहरूको लागि कम्पनीले पहिलो चरणमा साधारण सेयरको बिक्री आह्वान गरेको हो ।

कम्पनीले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड र सहबिक्री प्रबन्धकद्वय एनआईएमबी एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडमार्फत यही पुस २५ गतेबाट साधारण सेयरको बिक्री आह्वान गरेको हो । उद्योग रहेको क्षेत्रका प्रभावित, खानी रहेको क्षेत्रका प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूले छिटोमा माघ १० गतेसम्म कम्पनीको साधारण सेयर खरिदको लागि आवेदन दिन सकिने छ । कम्पनीका अनुसार लगानीकर्ताहरूले न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उद्योग, खानी उत्खनन् प्रभावित क्षेत्रका लागि नौ लाख ३० हजार कित्ता सेयर र वैदेशिक रोजगारमा रहेकाहरूका लागि दुई लाख ६७ हजार कित्ता सेयर बाँडफाँट हुने कम्पनीको भनाइ छ । दरखास्तका साथ प्रतिकित्ता तीन सय ६० रुपैयाँ ९० पैसाका दरले भुक्तानी गर्नुपर्नेछ । उद्योग क्षेत्र नवलपरासीको सुनवल नगरपालिकाका केही वडा नम्बरहरू ३, ४, ५, ६, ११ र १३ का स्थानीयले आवेदन दिन पाउने छन् भने खानी क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका १ र २ नम्बर वडाका स्थानीयले आवेदन दिन पाउने छन् । पाल्पा रिब्दिकोट गाउँपालिकाका २, ३, ४ र ६ नम्बर वडाका स्थानीय, तिनाउँ पालिकाका १, २ र ३ तथा निस्दी गाउँपालिका ७ नम्बर वडाका बासिन्दाले साधारण सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया