Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसुदूरपश्चिम प्रदेशमा पुन: कोरोना सङ्क्रमण देखियो

सुदूरपश्चिम प्रदेशमा पुन: कोरोना सङ्क्रमण देखियो


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना भाइरसको सङ्क्रमण देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमूना जाँच गर्दा आठजनामा कोरोनाको सङ्क्रमण फेला परेको गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले जानकारी दिए ।

सङ्क्रमित चारको नमूना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौँ पठाइएको र चार सङ्क्रमितको नमूना बुधबार पठाउने तयारी भइरहेको उनले जानकारी दिए । सीमा नाकामा सङ्क्रमित फेला पर्ने बिरामीलाई ‘होम आइसोलेसन’मा बस्न र सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिने गरेको साउदले बताए ।

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले केही दिनअघि सचेत गराइएको पनि साउदले बताए । पछिल्लो २४ घन्टामा गौरीफन्टा र गड्डाचौकी सीमा नाकाबाट भित्रिने नागरिकमध्ये शङ्कास्पद ७६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा र पुस ८ गते दुईजनामा सङ्क्रमण फेला परेको निर्देशनालायको तथ्याङ्कमा उल्लेख छ ।


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया