Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारप्रयोगविहीन बन्दै आयुवेर्दिक औषधालय

प्रयोगविहीन बन्दै आयुवेर्दिक औषधालय


चौतारा । उपचार प्रभावकारी हुने भए पनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेदिक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान सकेको छैन । एलोपेथिक औषधिले मात्रै रोग निको हुन्छ भन्ने अल्पज्ञानले आयुर्वेदिक औषधिमा सर्बसाधारणको चासोमा नगएको हो । आयुर्वेदिक उपचारबाट पनि विभिन्न रोग निको हुने भएकाले यसको प्रचारप्रसार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले मङ्गलबार आयोजना गरेको आयुर्वेद सेवाको प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवन श्रेष्ठले आयुर्वेदिक उपचारका लागि चेतना अभिबृद्धि आवश्यक रहेको राससलाई बताए । आयुर्वेदिक औषधिको प्रयोगमा सञ्चारकर्मी, जनप्रतिनिधि र सरोकारवालाले प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए ।

उक्त केन्द्रका अध्यक्ष कमल अधिकारीले कृतिम औषधि सेवनले जनस्वास्थ्यमा असर पार्ने भएकाले जिल्लामा रहेका महत्वपूर्ण जडीबुटीलाई प्रयोगमा ल्याइ प्रचारप्रसार गराउनुपर्ने बताए । केन्द्रका प्रमुख डा. अञ्जु कार्कीले केन्द्रमा अम्लपित्त, कब्जियत, अतिसार, मधुमेह, उच्च रक्तचाप, स्त्रीरोग, दम खोकी, स्वासप्रस्वासलगायत रोगको उपचार हुँदै आएको बताइन् । जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसहित छ वटा आयुर्वेदिक औषधालय र पाँचवटा आरोग्य सेवा केन्द्र रहेको उनले जानकारी गराइन् ।

केन्द्रबाट २३ थरिका औषधि निःशुल्क वितरण भइरहे पनि उचित प्रचारप्रसार र सेवाग्राहीमा विश्वास दिलाउन नसक्दा आयुर्वेदिक औषधालय ओझेलमा परेको डा. कार्कीले उल्लेख गरिन् । बाह्र वटा स्थानीय तह रहेको जिल्लाका जुगल , हेलम्बु, ईन्द्रावती र भोटेकोशी गाउँपालिकामा भने आयुर्वेदिक औषधालय स्थापना हुन सकेको छैनन् ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया